Logo

युवा कानून व्यवसायी सम्मेलन काठमाडौंमा सुरू, प्रधानमन्त्री ओलीले गरे उद्घाटन



काठमाडौं, माघ १६ । युवा कानुन व्यवसायी सम्मेलन राजधानीमा शुरु भएको छ । अहिले बिहान साढे ९ बजे राष्ट्रिय सभागृहमा सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

नेपाल बार एसोसियसनले पहिलोपटक आयोजना गरेको सम्मेलनमा देशभरका आठ सय हाराहारीमा युवा कानून व्यवसायी सहभागी छन्। सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समूहका कानून व्यवसायीलाई निःशुल्क सहभागी गराइएको छ भने ४० वर्षभन्दा बढी उमेर समूहका कानून व्यवसायीलाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्