
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी र्ने आशिका तामाङलाई धरौटीमा छाड्ने आदेश भएको छ । शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई २० हजार धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
त्यसपछि उनीविरुद्ध भक्तपुर प्रहरीमा उजुरी परेको थियो । यसअघि आशिका काठमाडौं जिल्ला अदालतमा पनि धरौटीमा रिहा भएकी थिईन्