
काठमाडौं, १९ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वामदेव गौतमसँग पार्टी एकता भन्दापनि सहकार्य गर्नेतर्फ पार्टीले सोचेको स्पष्ट पारेका छन् । उनले गौतमसँग पार्टी एकता नभएर उनलाई पार्टीमा प्रवेश गराउँदा उचित हुने धारणा राखे ।
हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले एमालेको नीति र विधान तलमाथि नहुनेगरि वामदेवलाई जिम्मेवारी दिईने स्पष्ट पारे । उनले भीम रावललगायत नेताहरुलाई गरिएको कारबाहीको दृढताका साथ पक्षपोषण गरे । उनले अहिलेको सरकारको भारतसँगको सम्बन्ध नबिग्रिएको पनि दाबी गरे ।
उनले अहिलेको सरकारले अनिश्चितताको गतिलाई ब्रेक लगाएको दाबी गरे । उनले अहिलेको सरकारले मुलुकलाई सकारात्मक दिशातर्फ लैजाने पहल र प्रयत्न गरेको स्पष्ट पारे । तर, अहिलेको सरकारले हुनुपर्नेजति काम नगरेको उनको भनाई छ ।