
काठमाडौं, १९ माघ । मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी ईनर्वाबाट खटिइएको संयुक्त टोलीले चार जनतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार घर भएका मनेजर राय, महोत्तरी भंगहा–२ की सुक्राति चौधरी, ओखलढुंगा देयाले–५ का दिपेश राई र बारा जितपुर सिमरा–१४ की मिरा कुमारी महतो रहेका छन् ।
उनीहरुले राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको पाईएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले वीरगञ्ज– १६ स्थित भन्सार नजिक सञ्चालनमा रहेको होटल स्वस्तिकाबाट एक जना र होटल रितेशबाट एक जना गरी दुइ जना महिलाको उद्धारसमेत गरेको थियो ।