काठमाडौं आइपुगे बेलायतका राजकुमार एडवार्ड, आजै राष्ट्रपतिसँग भेटवार्ता गर्ने (तस्बिरहरु)

0
Shares

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित नेपाल भ्रमणमा आइपुगेका छन्। एडवार्ड श्रीमती सोफियासहित नेपाल आएका हुन् ।

सोफिया बिहान ११ बजे काठमाडौं ओर्लिँदा एडवार्ड भर्खरै काठमाडौं आइपुगेका छन् । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृत राईलगायतले स्वागत गरेका थिए । उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई-बुहारी हुन् । राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बेलायती राजपरिवारको वेब साइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो। राजकुमार एडवार्ड र उनको टोली माघ २७ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Photo By: Mukunda Kalikote/ReportersNepal