सरकारको प्रशंसा गर्दै पूर्वराष्ट्रपति भण्डारीले दिईन् ओली-देउवालाई शुभकामना


काठमाडौं, २५ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस–एमालेसहितको वर्तमान सरकार स्थायित्व र स्थिरताको लागि बनेको भन्दै प्रशंसा गरेकी छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित अरुणोदय माध्यामिक विद्यालय, भोजपुरको स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला दल मिलेसँग ६/६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्य भएको बताईन् ।

पूर्वराष्ट्रपति भण्डारीले स्थायित्व र आर्थिक प्रगति गर्ने भनेर लागेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिईन् । ‘अहिले दुईवटा ठूला दल मिलेर स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनु भएको छ । मेरो त उहाँहरुलाई शुभकामना छ,’– उनले भनिन् ।

भण्डारीले वर्तमान सरकारले पनि केही गर्न सकेन भने के उपाय गर्ने भन्नेमा जनताबीच चासो बढ्दै गएको भन्दै सचेत समेत गराईन् । उनले भनिन्, ‘अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने जनताको बीचमा पनि चासो भइराखेको छ ।’ File Photo/RN