राजनीतिक दलसम्बन्धी विधेयक चाँडै ल्याउने सरकारको तयारी


काठमाडौं, ३० माघ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजनीतिक दलसम्बन्धी विधेयक चाँडै संसद्मा पेश गरिने बताएका छन् । आज (बुधबार) नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलसम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले अध्यादेश ल्याएुर कुनै पनि राजनीतिक दल फुटाउन नचाहेको बताए । उनले कानुन अभावको अवस्था परिपूर्ति गर्न विधेयक ल्याउन लागिएको तर दल फुटाउने कुनै शोख नरहेको बताए । ‘हामीलाई पार्टी फुटाउने कुनै सोख छैन तर कानुन त चाहियो नि, कानुनको अभाव छ,’– उनले भने ।