दाङ भ्याली र देउखुरी जोड्न सुरुङमार्ग विकास गरिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देउखुरी र दाङ भ्यालीलाई जोड्न सुरुङमार्ग बनाइने बताएका छन् । आज (सोमबार) दाङको घोराहीमा नेकपा (एमाले) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अब दाङ भ्याली र देउखुरी २ मिनेटमै जाडिने बताएका हुन् । उनले सुरुङ बनाउने योजना आफ्नको कार्यकालमा कार्यान्वयन गरिने उनले बताए ।

‘तपाईँहरुको एउटा सपना छ, देउखुरी र दाङ भ्यालीलाई जोड्ने । अहिलेको सुरुङ प्रविधिबारे सबैले थाहा पाइसके । धेरै किलोमिटर हिँड्नु्पर्ने ठाउँमा दुई मिनेटमै दाङ भ्याली र देउखुरी किन नगर्ने ? यो दुई मिनेटको बाटो हो, हुँदैन यो । यसै वर्ष अहिले नै गरिहाल्छु होईन । तर, मेरो योजनामा यहाँ सुरुङ बनाउने सोच छ । त्यो कुनै समय म कार्यान्वयन गर्छु,’– उनले भने ।

पहिला आफूले सुरुङ, रेल र पानीजहाजको कुुरा गर्दा धेरैले गिज्याएको र जिस्क्याएको उनले बताए । अहिले जनकपुरमा रेल चलिरहेको बताउँदै उनले आफ्नो विकासको अभियानलाई कसैले रोक्न नसक्ने बताए ।