काठमाडौं, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी पोलिटव्युरो सदस्य एवं तथा बागमती प्रदेश सहइन्चार्ज विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
अन्तिम श्रद्धाञ्जलीको लागि सापकोटाको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ । बिहीबार उपचारको क्रममा नेता सापकोटाको निधन भएको हो । उनी दोस्रो संविधान सभा निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिन एकीकृत समाजवादीका सम्मानीति नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।








प्रतिक्रिया