काठमाडौं, फागुन ९ । नेपाल टेलिकमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । टेलिकमले आज एक सूचना जारी गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि ६९ जना कर्मचारी माग गरेको हो ।
टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि कर्मचारी माग गरेको छ । इच्छुक नेपाली नागरिकले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् दिन सकिने छ ।

प्रतिक्रिया