काठमाडौं । प्रथम महिला राधिका शाक्यको दोस्रो किताव करुणा भोलि सार्वजनिक हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार भोलि १२:३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पुस्तक विमोचनमा अमर न्यौपाने, आनि छोइङ डोल्मा र एमाले उपमहासचिव प्रदीप ज्ञवाली वक्ताको रुपमा उपस्थित हुनेछन् भने प्रधानमन्त्री ओली प्रमुख अतिथि रहनेछन् ।
राधिकाले लेखेको कितावबारे ओलीले भनेका छन् ‘शुभ बिहानी ! अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्यो। एकदमै राम्रो लेखेकी रहिछिन् । निकै रोचक लाग्यो। भोलि १२:३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ । राधिकालाई बधाई, धेरै धेरै शुभकामना!’।
प्रतिक्रिया