थाइल्याण्डमा हुने ‘टीन स्टार इन्टरनेशनल शो’ मा नेपालबाट सम्भव क्षेत्रीले प्रतिस्पर्धा गर्ने


काठमाडौं, ९ फागुन । फेशन इराको आयोजनामा हुन गइरहेको टीन स्टार इन्टरनेशनलमा नेपालबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव क्षेत्रीले प्रतिनिधित्व गर्ने भएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी टीन स्टारमा सहभागी हुने कन्टेस्टेनबारे जानकारी गराइएको हो ।

उक्त शोमा १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी हुने बताइएको छ । आफू नेपालको संस्कृतिलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगितामा सहभागी हुन लागेको सम्भवले बताए । ‘यहाँ म नेपालको संस्कृति प्रचारप्रसार गर्न जाँदै छु । हाम्रो नेपाली पहिरन, नेपाली भाषा, संस्कृति लिएर थाइल्याण्ड जाँदै छु,’– उनले भने ।

उनले विजेताको लागि आफूलाई भोट आवश्यक पर्ने बताउँदै सहयोगको लागि अपीलसमेत गरे ।