काठमाडौं, फागुन ११ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एआईजी पदमा बढुवा गर्न डीआईजी भट्टराईको नाम सिफारिस गरेको हो ।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त थियो । भट्टराई आईजीपी बसन्तबहादुर कुँवरका ब्याची हुन् । उनी हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकासमा जाँदैछन्।
प्रतिक्रिया