रहेनन् ‘ग्रामर गुरु’ चूडामणि गौतम

0
Shares

काठमाडौं । ‘ग्रामर गुरु’ नामले परिचित भाषाविद् चुडामणि गौतमको निधन भएको छ । मेडिसिटी अस्पतालमा सोमबार राती गौतमको निधन भएको हो । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।