काठमाडौं, १४ फागुन । महाशिवरात्रीको अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा गुर्जो चियाको सेवा गरिएको छ । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको नेतृत्वमा भक्तालुहरुलाई बहुउपयोगी र बहुगुणीय गुर्जोको चिया निःशुल्क रुपमा सेवा गरिएको थियो । राजलवटकाअनुसार दश हजार बढि दर्शनार्थीहरुले गुर्जोको चिया पिएका थिए ।
उक्त निःशुल्क गुर्जो सेवा वितरण कार्यमा निर्मला चन्द, गिता शाक्य, हरि गोल, किशोर वोशी, गीता वली, जयन्तीखडायत लगायत खटिएका थिए । राजलवटले गुर्जो चिया रोग प्रतिरोधात्मक मानिन्छ । यो जोर्नीको समस्या, रूघाखोकी, ज्वरो, डायेटिज, उच्च रक्तचाप आदि समस्यामा उपयोगी रहेको छ ।

प्रतिक्रिया