काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो । उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।
यस्तै सोही बैठकले धानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन्।झापाका खरेल संविधानसभा सदस्य हुन्।
उनी अहिले एमालेको स्थायी कमिटी सदस्य छन् । पूर्व महान्यायाधिवक्तासमेत रहेका उनी ओलीको पहिलो कार्याकालमा कानुनमन्त्री पनि भएका थिए। विज्ञ सल्लाहकारले राज्यमन्त्री वा सोसरह सुविधा पाउँछ।
प्रतिक्रिया