काठमाडौं, २२ फागुन । उर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य भारतको सहयोगको कारणमात्रै सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले भने,‘बिद्युतको आन्तरिक माग उत्पादनले धान्न नसकेपछि लोडसेडिङ्ग गर्नु पर्ने वाध्यता परेको थियो । लोडसेडिङ्ग बाध्यता हटाउन भारतबाट बिद्युत खरिद गर्नु शिवाय अर्को बिकल्प थिएन । आज पनि सुख्खायाममा भारतबाट करिव एक हजार मेगावाट बिद्युत खरिद गरी लोडसेडिङ्गमुक्त गरिएको अवस्था छ ।’
उनले २०६३÷०६४ मा तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा डल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी मुकेश काफ्ले रहेको अवस्थामा भएको प्रशारण लाइन निर्माणका कारण लोडसेडिङ्गमुक्त गर्न सफल भएको दाबी सुनाए ।
उनले भने,‘लोडसेडिङ हटाउने कार्यमा हालका एमडी कुलमानको कुनै योगदान छैन । तर यसको सम्पुर्ण श्रेय उहाँ अफैले लिँदै हिड्ने गर्नुभएको छ ।’
प्रतिक्रिया