जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन ‘पब्लिक इस्यु रिसर्च सेन्टर’ बनाउन एमाले सचेतक बरालको माग

0
Shares

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) की सचेतक सुनिता बरालले जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बनाउनको लागि पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद बरालले यस्तो माग गरेकी हुन् । उनले जनप्रतिनिधिहरूको मनोविज्ञान तथ्यगत, लोकप्रिय काम गर्ने, आवश्यकताका आधारका कामहरुलाई प्राथमिकीकरण गर्ने भन्दा चर्चा बटुल्ने खालको रहेको टिप्पणी गर्दै यस्तो सेन्टर बनाउन माग गरेकी हुन् ।

जउनले भनिन्,‘संसद् सचिवालयले पनि थप विश्वसनीय र प्रभावकारी काम गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ भने आज नेपाल सरकारले पब्लिक इस्युलाई रिसर्च सेन्टरका माध्यमबाट केन्द्रिकृत गर्ने र पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गरेर कानुन निर्माणसँग समन्वय गर्दै थप प्रभावकारी काम गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’