प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय, चैत ३ गतेसम्म प्रश्न दर्ता गराउनुपर्ने

0
Shares

काठमाडौं, २८ फागुन । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको छ । आगामी चैत ७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराए ।

उनले प्रश्नोत्तरमा समूह ९ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा पेश गर्न आग्रह गरेका छन् ।