
काठमाडौं, २९ फागुन । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेपालमा गणतन्त्र समाप्त भैसकेको दाबी गरेका छन् । उनले यही फागुन २५ गते नै गणतन्त्रको आयु सकिएको तर पूर्वराजा ज्ञानेन्द्र शाहले आयु थपिदिएको दाबी गरे ।
हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले गणतन्त्रवादीहरुसँग भीडन्त गर्न आफूहरु राजावादी तयारी अवस्थामा रहेको पनि चूनौति दिए ।
उनले नेपालका युवाहरुलाई विदेशमा अहिलेको गणतान्त्रिक व्यवस्था र दलका नेताहरुले बेचेको गम्भीर आरोप लगाए । उनले अहिले नेपाललाई गणतन्त्रले वृद्धाश्राम बनाईएको पनि टिप्पणी गरे । उनले कोरिया जान पाउँ भनेर आन्दोलन गर्दा युवालाई गोली हानेर मार्ने यही गणतन्त्रको सरकार भएको आरोप लगाए ।