
काठमाडौं, २९ फागुन । काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वषको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।
उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् । वसन्तपुरमा मात्रै नभएर सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् । फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल



















