Logo

स्ववियु निर्वाचनमा नेविसंघलाई अत्याधिक मतले विजयी गराइदिन अध्यक्ष शेर्पाको आग्रह



काठमाडौं, १ चैत । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेविसंघले स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले अहिलेसम्म बोलेको कुरा पुरा गरेको बताए ।

उनले नेविसंघ विगतमा पनि विद्यार्थीहरुको माग, मुद्दा र समस्यामा केन्द्रीत रहेको र भविष्यमा पनि विद्यार्थीको हक हितमै लाग्ने बताए । विगतमा पनि विद्यार्थीहरुले माया गरेर नेविसंघलाई सबैभन्दा ठूलो विद्यार्थी संगठन बनाइदिएको भन्दै उनले आगमी चैत ५ गतेको निर्वाचनमा नेविसंघलाई अत्याधिक मतले विजयी गराउन आग्रह गरे । उनले विद्यार्थीहरुको भरोसाको रुपमा नेविसंघ रहेको पनि बताए ।

‘तपाईँहरुले हिजो हामीलाई माया गरेर सबैभन्दा ठूलो विद्यार्थी संगठनको रुपमा स्थापित गराउनुभयो । १ सय ३२ वटा क्याम्पसमा नेविसंघले हिजोको दिनमा स्ववियु सभापति विजयी भएको थियो । अब २ सय वटा क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघको झण्डा फहराउने भन्ने आशा र विस्वासको साथ म सम्पूर्ण विद्यार्थी साथीहरुलाई तपाईँहरुको साथमा नेविसंघ छ । तपाईँको दुःखमा नेपाल विद्यार्थी संघ छ । रोजगारको सिलसिलामा नेपाल विद्यार्थी संघ छ । क्लास रुप, ल्याब, लाइब्रेरीको कुरामा नेपाल विद्यार्थी संघ छ । तपाईँलाई कुनै पनि अन्याय र अत्याचारमा नेपाल विद्यार्थी संघ छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्