Logo

पूर्व विशिष्टहरुलाई मृत्युपछि क्रियाकर्म र श्राद्ध गर्नसमेत सुविधा व्यवस्था होस्ः कांग्रेस नेता शिवाकोटी



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व विशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ल्याउन लागेको विधेयकको विरोध गरेका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने तयारी गरेको छ ।

सो विधेयकको विरोध गर्दै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले व्यङ्ग्य गर्दै भनेका छन्, ‘पूर्व विशिष्टलाई आजीवन सुविधा दिन कानुन बनाउन लागेको सरकारलाई यो पनि सुझाव छकि त्यस्तो सुविधा पूर्व विशिष्टका मृत्युपछि क्रियाकर्म, श्राद्ध गर्नसमेत गरी व्यवस्था होस्।’

थोरै लोकलाज बाँकी छ भने उक्त विधेयकको प्रक्रियाबात पछि हट्न उनले सरकारलाई सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्