Logo

सार्वजनिक छबि बिगार्न आरोप लगाईयो, कुनै सरकारी जग्गा कब्जा गरेको छैन : डा. केसी



काठमाडौं, २ चैत्र । डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको स्पष्ट पारेका छन् । आज (शनिबार) आफ्नै निवासमा स्थानीय जनप्रतिनिधि राखेर पत्रकार सम्मेलन गर्दै केसीले आफूमाथि लगाईएको आरोपको खण्डन गरेका हुन् ।

रास्वपाका सांसदहरु शिशिर खनाल र सुमना श्रेष्ठले यसअघि संसद्मा तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय उठाएका थिए ।

सो कुरा सार्वजनिक भएपछि केसीले आज स्थानीय जनप्रतिधिलगायतलाई राखेर पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको जिकिर गरे । उनले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरे । केसीले कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्