Logo

रेकर्ड ब्रेक गरेको सुनको मूल्यमा गिरावट



काठमाडौं, चैत ३ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। यसअघि एक लाख ७४ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ७४ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदी पनि केही घटेर २ हजार ४५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस्