
काठमाडौं, ३ चैत । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको प्रमुख आतिथ्यता तथा कार्यकारी अध्यक्ष सोईना शर्मा र अन्य पदाधिकारीहरूको उपस्थितिमा विशेष साधारण सभा सम्पन्न भएको हो ।
विशेष साधारण सभाले संस्थालाई विश्वास, समर्थन र साथ दिने सहभागी र शुभेच्छुकहरूमा आभार व्यक्त गरेको छ ।


