
काठमाडौं, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले चार वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेय, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।