
काठमाडौं, ४ चैत । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औं आईजीपी पदमा नियुक्त गरेको हो ।
हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँबरले आज राति १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी बन्ने लाइनमा रहेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेका हुन् ।
नवनियुक्त आईजीपी थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक थिए ।