Logo

राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउनुपर्छ, अस्थिरताले निराशा निम्त्यायो : विप्लव



झापा, ५ चैत्र । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक अस्थिरताको कारण जनतामा निराशा छाएको बताएका छन् । झापाको बिर्तामोडमा आज (मंगलबार) पत्रकारहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताए । विप्लवले अहिले सरकारमा बसेकाहरुले जनताको करको दुरुपयोग गरेको र भोगविलास गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले भने,‘राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको छ । जनताहरू थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्नेबित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले बेहोर्नुपर्ने, हामीले खडा गरेको राजस्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो ।’ उनले राजनीतिक संरचनामा नै परिवर्तन गरिनुपर्ने आवश्यकत्ता औंल्याए । file photo



प्रतिक्रिया दिनुहोस्