Logo

स्ववियु निर्वाचनको नतिजा धमाधम आउँदै : ८६ अध्यक्ष जितेर नेविसंघ पहिलो, पछ्याउँदै अनेरास्ववियु



काठमाडौं, ५ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज भएको निर्वाचनको नतिजा धमाधम आइरहेको छ । अहिलेसम्म प्राप्त नतिजाअनुसार नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अग्रता बनाएको छ ।

नेविसंघले अहिलेसम्म ८६ सभापति जितेको छ । नेविसंघलाई एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पछ्याएको छ। अहिलेसम्म अखिलले ६६ स्थानमा सभापति जितेको छ ।

अहिलेसम्म माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले भने ४७ अध्यक्ष जितेको छ । नेकपा (एस) निकट अनेरास्ववियुले भने जम्मा २ अध्यक्ष जितेको छ। यस्तै, स्वतन्त्र २ जनाले अध्यक्ष जितेका छन् ।

काठमाडौंमा रहेको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघका प्रल्हाद खड्का अध्यक्षमा निर्वाचित भएका छन् । खड्कालाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पालगायत नेतृत्वले विजय भएकोमा बधाईसमेत दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्