बुटवल । नेपालको भोकमरी, गरिवी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको हेफर ईन्टरनेशनल नेपाल साना किसानहरुको दिगो विकासमा अग्रणी भुमिका खेल्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ । नेपाल सरकारसँगको साझेदारीमा साना किसानलाई खादय सुरक्षा, पारिवारिक आम्दानी वृद्धि गर्नुका साथै वातावरणीय जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा हेफरले काम गर्दै आएको छ ।
यसले विशेषगरी महिला, युवा, आर्थिक रुपले पछि परेका वर्ग लक्षित कार्यक्रम, कृषि, उत्पादन, पशुपालन सहकारी, बजार व्यवस्थापन र सामाजिक दायित्व जस्ता विषयलाई स्थानीय सरकारसँग सहकार्य गरी प्राविधिक पक्षमा समेत सहयोग गर्ने काम गदैँ आएको छ । हेफर इन्टरनेशनल नेपालमा समुह, सामाजिक उद्यमी, महिला सहकारी र स्थानीय सरकारसमेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानीय सरकारले उद्यमीहरुको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज गरेको छ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा न ७ मिर्मीकी कृषक अम्विका न्यौपानेले एउटा बोटवाट साढे २ किलो आलु उत्पादन भएको बताउछिन् । उनी अब आफै बिउँ उत्पादन गरेर रोप्ने सोँचमा छिन् । पालिका र हेफरको सहयोगमा कोल्ड स्टोर स्थापना गरिएको र उत्पादन गरिएको कृषिजन्य पदार्थलाई चिस्यानमा राखेर बिउँ उत्पादनमा टेवा पुगेको उनको भनाई थियो ।
मिलिजुली कृषि तथा पशुपालनका अध्यक्ष समत विश्वकर्माले बताउँछन, युवाहरु विदेश पलायन भइरहेको अवस्थामा बाझो जमिनमा ब्यवसायिक र आधुनिकमैत्री तरिकाले खेती गर्न सकिन्छ भन्ने मनोसायले टनेल निर्माण गरेका छौँ । रिब्दिकोट गाउँपालिका र हेफरको सहकार्यमा रिब्दिकोटलाई टनेलमय बनाउने अभियानमा लागेका छौँ । ५२ रोपनी जग्गामा ७ जना किसानसँग सम्झौता गरी १० वर्षको एग्रिमेन्ट गरिएको उनी बताउँछन । राज्यले कृषिमा नारा मात्र नभएर उत्पादनसँगै बजारको ग्यारेन्टी लिनुपर्ने निति बनाउनुपर्ने उनको माग छ ।
उखु प्रशोधन केन्द्र र रुरु बहुउद्देश्यीय संस्थाका अध्यक्ष भोजराज ज्ञवालीले भने, १०४ जना उखु किसानहरु आबद्ध साना किसानहरुलाई मेसिन नहुँदा पहिले सारै गाह्रो हुने गर्दथ्यो । रुरु गाउँपालिका र हेफरको सहयोगमा भित्राईएको प्रविधिले अहिले गुँड र खुदो उत्पादन गर्न भ्याईनभ्याई छ ।
यसैगरी कालिगण्डकी दुग्ध उत्पादन समुहका उपाध्यक्ष युवराज न्यौपानेले भन्छन, पुख्र्यौली कृषि पेशाले ३ मुरी गँहु उब्जिने ठाउँमा अहिले ३ क्विन्टल आलु रोप्दा २० क्विन्टल उत्पादन भएको छ । जबकी गहुँको मुल्य एक हजार २ सयमा बिक्रि हुन्थ्यो, अहिले उनी आलुबाट १ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन । पालिका र हेफरसँग जोडिएर काम गर्दा मनग्य फाइदा भएको उनी बताउछन् ।
शुभज्योति कृषक समुहका सदस्य कृष्णार्जुन पाण्डेले भैंसी पालेर सन्तुष्ट भएको र दुध बेचेर राम्रै आम्दानी हुने गरेको बताउँछन । हेफरको सहयोगले आर्थिक उत्पादनमा सहयोग भएको उनको तर्क थियो । मिर्मी स्वाभलम्बी दुग्ध संस्थाको सञ्चालक एकादेव भट्टराईले आफु ११ बर्ष विदेश बसेको र नेपाल आएपछि कृषिलाई प्राथमिकता दिएको बताउँदै २०७७ सालतिर भैंसी पालन फर्म सञ्चालन गरेको बताए । भैंसी पालन र दुध डेरी सञ्चालन गर्न कालिगण्डकी गाउँपालिकाको सहयोग र हेफरको आर्थिक सहयोगमा फर्मलाई अगाडि बढाएका छन् ।
स्वाभलम्बी समुह बंगुर पालक अध्यक्ष मुक्ति बहादुर रानाले बंगुर पालनबाट घाटा खादैँ आइरहेको, हेफरको सहयोगले आफु अहिले उद्यमी बनेको, हेफर र गाउँपालिकाकोे सहयोग विना कुनै प्रगति गर्न नसकेको बताए । उनले हेफरबाट तालिम सिक्ने अवसर पाएकाले अहिले आर्थिक उत्पादनमा टेवा पुगेको उल्लेख गरे ।
बंगुर पालन किसान कोकी रानाले ज्ञान नहुँदा एक बर्षसम्म पनि पालेका बंगुरहरुको वजन बढन नसकेको, हेफरको तालिमबाट धेरै कुरा सिके र बुझेपछि प्रतिफल राम्रो पाएको बताईन । पालिका र हेफरले दिएको सहयोगले घाटा बेहोर्नु नपरेको उनको भनाई थियो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिहं कार्कीले युवाहरुलाई स्वरोजगार बनाउन कृषि क्षेत्रमा लगानी गरेको अवस्थामा हेफर इन्टरनेशनल नेपाल जस्ता संस्थासँग सहकार्य गरेर युवा रोजगार कार्यक्रम सन्चालनमा ल्याएको बताउँछन् ।
हेफर बुटवल क्षेत्र कार्यालयका सिनियर प्रोग्राम म्यानेजर प्रेमकुमार साम्वयुले हेफर इन्टरनेशनल नेपालले नेपाल सरकारसँगको साझेदारीमा साना किसानलाई खादय सुरक्षा, पारिवारिक आम्दानी वृद्धि गर्नुका साथै वातावरणीय जोखिमलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा काम गरिरहेको बताए ।




प्रतिक्रिया