कुलमान उज्यालो नेपालको नायक होईनन् : उर्जामन्त्री खड्का


काठमाडौं, ६ चैत्र । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ उज्यालो नेपालका नायक नभएको बताएका छन् । उनले अहिलेपनि नेपालमा साँझको समय घरमै लोडसेडिङ हुने अवस्था रहेको बताए । राष्ट्रिय सभाको आज (बुधबार) बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भारतबाट आयत गरिएको विद्युत र निजी क्षेत्रको कारढा लोडसेडिङ हटेकोजस्तो अनुभूति भएको दाबी गरे । उनले भने,‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्‌ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’