जनतासँग माओवादी तराई-मधेश जागरण अभियान आजबाट पुनः शुरु हुँदै

336
Shares

काठमाडौं, चैत ७ । नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी तराई–मधेश जागरण अभियान आजबाट पुनः शुरु हुँदैछ । राजावादीको गतिविधि र स्ववियु चुनाव जस्ता कारण देखाउदै स्थगित भएको अभियान आज पर्साबाट पुनः शुरु हुँन लागेको हो ।

उक्त अभियान अन्तरगत आज दिनभर बारामा विभिन्न कार्यक्रम हुने माओवादी केन्द्रले जनाएको छ । आजको अभियानमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरु हिजै साँझ बारा पुगिसकेका छन् ।

बारामा प्रचण्डलाई कार्यकर्ता र समर्थकले भव्य स्वागत गरेका छन् । फागुण १२ गते झापाबाट शुरु भएको अभियान फागुण अन्तिम साता स्थगित गरिएको थियो ।