काठमाडौं, ७ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँग सरकारले गरेको सम्झौतअनुसार छिट्टै छानबिनको प्रक्रिया अघि बढाउनसमेत माग गरेका छन् । गौर हत्याकाण्ड भएको १८ वर्ष पुगेको भन्दै साहले फेशुबकमार्फत पीडित परिवारलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेका हुन् ।
साहले फेशबुकमा पीडित परिवारसँग सरकारले गरेको सहमतिपत्रसमेत सार्वजनिक गर्दै लेखेका छन्-
गौर हत्याकाण्डको आज १८ वर्ष पुगेको छ । लामोकालदेखि न्यायको प्रतिक्षामा रहेका पिड़ित परिवारहरूमा गहिरो सहानुभूति सहित महान शहिदहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु । साथै हत्यारालाई कारवाही गर्न सरकारले पीड़ित परिवार संग गरेको समझौता अनुसार छिटै छानबिनको प्रक्रिया अगाड़ी बढ़ाओस भन्ने जोड़दार माग गर्दछु ।

प्रतिक्रिया