प्रतिनिधि सभाको बैठक जारी, प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने {LIVE}

0
Shares

काठमाडौं, ७ चैत । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची तय भएको हो ।

त्यस्तै, आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्। यसैगरी, अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि बफादार छलफल गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । File Photo/RN