Logo

रेल विभागका डिजीको राजीनामा माग्दै रिले अनशन, विभाग नै खारेज गर्न माग (फोटोफिचर)



काठमाडौं, ७ चैत्र । रेल विभागको महानिर्देशकको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । रेल्वे आयोजनाका मुआब्जा पीडित महोत्तरी बर्दिबासका स्थानीयवासीले आज विभाग परिसरमा धर्ना दिएका हुन् ।

अवकाशको पर्खाइमा हुने कर्मचारीलाई महानिर्देशक बनाउने चलन बन्द गर्नुपर्ने, अवकाशको पखाईमा रहेका डिजी विदेश भ्रमणमा मग्न भएको र जनताको पैसा दुरुपयोग भएको भन्दै तत्काल यो कार्य बन्द गर्न उनीहरुको माग छ ।

उनीहरुले डिपिआर बनाउने तर काम नगर्ने रेल विभाग तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । रेल विभागको मुख्यालयमा रिले अनशनमा बसेकाहरुले यस्तो माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्