काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीमा आलोचना सुन्ने धैर्यता नै नरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता ज्वालाले प्रधानमन्त्री ओलीले आलोचना गर्नेहरुमाथि आक्रोश व्यक्त गर्ने गरेको बताएका हुन् ।
उनले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटका बारेमा सार्वभौम संसद्मा व्यापक बहस छलफल हुनपर्ने र यसले सरकारलाई पनि सहयोग गर्ने बताए । तर, प्रधानमन्त्री ओलीमा आलोचना सुन्ने धैर्यता नरहेको बताउँदै उनले भने, ‘यो सरकार संसद्बाट भाग्ने, संसद्लाई पन्छाउने होईन, संसद्सँग अन्तर्क्रियामा रहनुपर्छ । छलफल गर्नुपर्छ, सुझावहरु सुन्नुपर्छ, आलोचना पनि सुन्नुपर्छ । आलोचना सुन्ने त धैर्यता नै छैन । प्रधानमन्त्रीज्यूले पनि भर्खरै आलोचना आउनेवित्तिकै आक्रोश व्यक्त गर्ने गरी जवाफ दिइसक्नु भयो । यो त संस्कार नै छैन ।’ File Photo/RN
प्रतिक्रिया