काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले नेपालमा राजा रहने वा नरहने भन्ने कुरा जनमत संग्रह गरिनुपर्ने बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा ल्याउने वा नल्याउने भन्ने कुरा निर्क्यौल गर्न ३ करोड जनताले भोट हाल्न पाउनुपर्ने बताएका हुन् । उनले यो कांग्रेसको संस्थागत निर्णय भने भएको बताए । तर, राजाको विषयमा कांग्रेसका धेरै नेताहरु गुम्सिएर बसेको उनले बताए ।
‘कांग्रेसका सदस्यहरु धेरै भित्र गुम्सिएर बस्नु भएको छ । धेरैको आवाज यही छ, राजाको बारेमा जनमत संग्रह, जनताले भोट हाल्नुपर्यो । तीन करोड जनताले भोट हाल्नुपर्यो । जनमत संग्रह नगरी एकथरीले मात्रै भनेर राजसंस्था आउन सक्दैन,’– उनले भने ।
अहिले कांग्रेसको संस्थागत निर्णय नभइसके पनि भित्रभित्र सबै केन्द्रीय सदस्यहरुको इच्छा, आकांक्षा राजाको बारेमा जनमत संग्रह गरिनुपर्ने रहेको उनले बताए । नेपालमा साँच्चै नै राजा नै ल्याउने हो भने पूर्वराजा ज्ञानेन्दले जनमत संग्रहको लागि प्रेसर गर्नुपर्ने र तीन करोड नेपालीहरुले पनि प्रेसर दिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया