काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता लोकेश ढकालले २०४६ सालपछि प्रधानमन्त्री बनेकाहरु कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र केही हदसम्म सुशिल कोइरालाबाहेक कोही पनि भ्रष्टाचारबाट मुक्त नरहेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सिटिङ प्राइममिनिस्टरदेखि वेइटिङ प्राइमनिनिस्टर भ्रष्टाचारबाट मुक्त नरहेको बताएका हुन् ।
जनतामा निराशा बढ्नुको मुख्य कारण नै भ्रष्टाचार रहेको उनले बताए । जनताको निराशा चिर्नका लागि कांग्रेसले आफन संस्थापक नेताहरुलाई सम्झँदै रिथिङ्क गर्ने बेला आएको उनले बताए । ‘क्रान्तिका नाममा सपना बाँड्ने, २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र केही हदसम्म सुशिल कोइरालाबाहेक कोही व्यक्ति, कारबाही भएन होला शक्तिमा बसेर, कोही व्यक्ति भ्रष्टाचारबाट मुक्त भएको तपाईँले सुन्नु भएको छ ? चाहे अहिलेको सिटिङ प्रधानमन्त्री होस्, अथवा फेरि प्रधानमन्त्री हुन्छु भनेर वेइटिङ प्राइममिनिस्टर होस् वा भूतपूर्व प्रधानमन्त्री हुन् । यस्तो स्थितिमा जनतामा निराशा नबढेर के बढ्छ ?’ प्रश्न गर्दै उनले बताए ।
आफूलाई प्रजातन्त्रवादी भन्ने कांग्रेसले जनताको स्पन्दनलाई छुन नसकेको उनको आरोप छ । आफूले हिन्दु राज्यको एजेण्डा कांग्रेसभित्र उठाइरहेको पनि उनले सुनाए । पूर्व प्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक पूर्वराजाको स्वागतबारे कांग्रेसका नेताहरुले नारम्रो केही नबोलेको उनले बताए ।
प्रतिक्रिया