खाद्यन्न तस्करीविरुद्ध आक्रामक बन्दै राजस्व अनुसन्धान कार्यालय बुटवल

504
Shares

काठमाडौं, ७ चैत । राजस्व अनुसन्धान कार्यालय, बुटवल खाद्यन्न तस्करीविरुद्ध आक्रामक बन्दै गएको छ। उक्त कार्यालयले खाद्यान्न तस्करीविरुद्ध गस्ती नै परिचालन गरेन एक्सन लिन थालेको हो। राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेको नेतृत्वमा खाद्य वस्तुहरु तस्करी गरि ओसारपसार गर्नेविरुद्ध आक्रामक कारवाही अघि बढाएको छ। तस्करी हुने मुख्य खाद्य वस्तुहरुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको उक्त कार्यालयले जनाएको छ। ती खाद्य वस्तुको अवैध ओसारपसार नियन्त्रण गर्न घिमिरे नेतृत्व टोली पछिल्लो हप्ता निकै सक्रियतापूर्वक लागेको हो।

रुपन्देहीका सीमानाकाबाट मटर तस्करी गरि देशका अन्य शहरहरुमा ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालयले द्रुत गस्ती परिचालन गरि ५० लाख बढी जरिवाना समेत तिराएको छ। तस्करीका भएका बाँकी खाद्य वस्तुको पनि अनुसन्धान जारी रहेको कार्यालयले जनाएको हो। बुटवल भैरहवा राजमार्गको ठुटिपिपलस्थित चौधरीको घरमा अवैध चोरी तस्करीका सामाग्री खाद्य गोदाम गरि राखेको सूचना प्राप्त भएपछि कार्यालयबाट खटेको टोलीले दुईजना भारतीय बाइक प्रयोग गरि ओसारपसार गर्दै भण्डारण गरिरहेको अवस्थामा पक्राउ गरि सम्पूर्ण खाद्य वस्तुहरू जफत गरेको कार्यालयले जनाएको छ। उक्त अवैध खाद्य वस्तु तस्करी गर्नेबाट कार्यालयले २७ लाख ५० हजार जरिवाना असुल गरि २७ लाख बराबरको खाद्यान्न समेत जफत गरेको हो ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलले बिगत ६ महिनामा १७५० बोरा भारतबाट अबैध भित्रिएको चिनी बरामद गरि जरिवाना वापत ७० लाख तिराएको छ। केही फर्मका साहुहरु भागिरहेको र थप आक्रामक प्रयास गरि जरिवाना असुल उपर गर्ने कार्यमा कार्यालय सक्रिय भएर लागिपरेको पाइन्छ। कार्यालयले यो हप्ता मात्रै १४५ बोरा चिनी बरामद गरि साधनसहित नियन्त्रणमा लिएको छ। हाल गहुँ, तोरीलगायत वस्तुहरु भन्सार छली ल्याउने र मँहगो मूल्यमा बिक्रीवितरण गर्ने गरिएको सूचना पश्चात कार्यालयबाट नियमित र आकस्मिक गस्ती परिचालन, सुराकी परिचालन र सूचना संकलन गरि कारबादी अघि बढाईएको कार्यालयले जनाएको हो। उक्त कार्यलाई निरन्तरता दिने समेत कार्यालय स्रोतको भनाइ छ।

राजस्व अनुसन्धान विभागमार्फत जरिवाना तिराएर वा अदालतमा मुद्दा दायर गरेर कारवाही गरिएको र हालसम्म ८ वटा मुद्दा दर्ता भइ निकट भविष्यमा १० वटा मुद्दा दर्ता हुने चरणमा रहेको समेत कार्यालय स्रोतको दाबी छ। घिमिरेले कार्यालयको नेतृत्व सम्हालेपछि राजस्वमाराहरू भागाभाग हुन थालेका हुन्।

Skip This