काठमाडौं, चैत ८ । नेपाल विद्युत् प्राधिकरणले आज (चैत ८ गते) देखि विभिन्न मितिमा १० दिनसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात् दैनिक ४ घण्टा जानेछ । आज भने ओम फिडरअन्तर्गत धुम्बाराही नेशनल कलेज क्षेत्रमा र १० गते आइतबार सांग्रिला, पानीपोखरी, राष्ट्रपति भवनपछाडिका क्षेत्रमा बिजुली कटौती हुनेछ ।
त्यस्तै, १२ गते धुम्बाराही अपार्टमेन्ट क्षेत्रमा, १३ गते बालुवाटार महान्यायाधीश आवास क्षेत्रमा, १५ गते चपली घुम्ती, गणेश स्कुल बूढानीकण्ड क्षेत्रमा र १७ गते पुनः बालुवाटार महान्यायाधीश आवास क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध हुनेछ ।
साथै, १९ गते गणेश स्कुल बूढानीकण्ड क्षेत्रमा, २१ गते बानियाँटार क्षेत्रमा, २४ गते पुनः चपली घुम्ती, गणेश स्कुल बूढानीकण्ठ क्षेत्रमा र २६ गते पानीपोखरी क्षेत्रमा समेत बिजुली कटौती हुने प्राधिरकणले जनाएको छ । साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया