नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट, निर्णयात्मक मोडमा पार्टी

3.4k
Shares

काठमाडौं, चैत ८ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समिति बैठक बस्दैछ । पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्न लागेको बैठकमा ‘वैध’ र ‘अवैध’ भनिएका सबै चार समूहका केन्द्रीय सदस्यहरूलाई निम्त्याइएको छ। जसअनुसार पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुँदैछन् ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि बैठकमा हुँदैछन् । बैठकमा सहभागी हुन पार्टीले दिएको केन्द्रीय सदस्यताको प्रमाणपत्र अनिवार्य गरिएको छ भने पार्टीले कारबाही गरेका सदस्यहरूलाई भने प्रवेश निषेध गरिएको छ।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्लो समय आन्तरिक गुटबन्दी र नेतृत्वको वैधता विवाद चर्किरहेका बेला यो बैठक निर्णायक बन्ने अनुमान गरिएको छ।

Skip This