Logo

वंशको शासन भन्दा जनताबाट निर्वाचित शासन व्यवस्था नै देशको हितमा छ : महेश बर्तौला (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक महेश बर्तौलाले एमाले अहिलेको संविधान ल्याउनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको निर्णायक शक्ति भएकोले व्यवस्थाको पक्षमा दृढताका साथ उभिने बताएका छन् । नेपाललाई अस्थिरतामा जागिदिनको लागि केही प्रतिक्रियावादी र विदेश शक्तिहरु सामेल भएको इतिहास भएकोले अहिलेपनि त्यो प्रयत्न भएको बर्तौलाको दाबी छ ।

उनले वंशको आधारमा सर्वोच्च आसनमा राख्ने कुरा नेपालमा अब सम्भव नभएको टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले एमालेले मुलुकलाई अराजकतातर्फ जान नदिने विश्वास दिलाए ।

उनले राजाहरुले देशको नेतृत्व गर्दा विकास र समानताको अवस्था खराब रहेको चित्रण गरे । वंशको शासनभन्दा जनताले निर्वाचित लोकतान्त्रिक शासन व्यवस्था नै नागरिकको हित हुने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्