एमालेको आन्दोलन घोषणाप्रति ज्ञानबहादुरको व्यङ्ग्यः ‘मदन भण्डारीले यस्तो ‘हरिबिजोग’ देख्नुभयो भने के भन्नुहोला ?’

4.2k
Shares

काठमाडौं, ८ चैत । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रम, सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतनालगायतका कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।

सत्तारुढ दलले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले ‘स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?’ भन्दै एमालेप्रति व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । आफै सरकारमा, आफै आन्दोलन गर्ने ? आन्दोलन चाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?’

Skip This