सिराहाका सिडिओ गृह मन्त्रालय तानिए

3.1k
Shares

काठमाडौं, ८ चैत्र । सिराहाका सीडीओ वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहालको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ । औरहीमा महायज्ञ गर्न दलित परिवारको घरबास नै उठीवास लगाइएको विषय बाहिरिएपछि सिडिओ दाहालको आलोचना भैरहेको थियो ।

यही सन्दर्भमा गृह मन्त्रालयले उनलाई गृह मन्त्रालय तानेको हो । उक्त घट्नाको विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ। दलित परिवारलाई महायज्ञको नाममा विभेद गरिएको विषय सदनमा समेत उठेको थियो ।

Skip This