काठमाडौं, ८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् ।
काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछाने हिजोमात्रै रुपन्देहीबाट हिजोमात्रै काठमाडौं आएका हुन् । रुपन्देहीको मुद्दामा पनि उनी धरौटी घटाउन माग गर्दै पूनरावेदनमा गएका थिए ।
तर, हिजो मुद्दा हेर्न नमिल्नेमा परेपछि उनी काठमाडौं फर्किएका हुन् । काठमाडौं फर्किएको भोलिपल्टै आज उनी उच्च अदालत पाटन पुगेका हुन् । file photo
प्रतिक्रिया