प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको प्रचण्डको आरोप

672
Shares

काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नराम्रो काम गर्नका लागि बनेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम काम गरिरहेको बताएका हुन् ।

प्रचण्डले ओली नेतृत्वको सरकार भ्रष्टाचारीहरूलाई जोगाउनकै लाथि बनेको दाबी गरे । सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको उनले बताए ।

साथै, आफू प्रधानमन्त्रीको दौडमा नरहेको उनले बताए । ०८४ सम्म जनताकै साथमा रहने र जनताको अभिमत लिएर त्यसपछि प्रधानमन्त्री बन्ने उनको भनाइ थियो । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन नै छेडेको दाबी गरे । File Photo/RN

Skip This