नाउपाको बैठक जारी, धेरैपछि रेशम-रञ्जिता एउटै मञ्चमा

2.9k
Shares

काठमाडौं, ८ चैत । पार्टी एकताबारे निर्णय लिन बोलाइएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । काठमाडौंमा केही समय अघि सुरु भएको बैठकमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पनि संगै छिन् ।

रेशम–रञ्जिता लामो समयपछि एउटै मञ्चमा देखिएका हुन् । दुई दिनसम्म चल्ने सो बैठकमा जनमत पार्टीसँग एकताबारे छलफल गरेर औपचारिक निर्णय लिने छ ।