Logo

शाही युवा शक्ति नेपालले नारायणहिटीबाट श्रीपेच झिेकेर ज्ञानेन्द्रलाई लगाइदिने



काठमाडौं, ८ चैत । शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले भोलि ( ९ गते) र्‍यालीमा सहभागी हुन आह्वान गरेको हो । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले देश बचाउनका लागि नेपाली जनताहरु राष्ट्रिय झण्डा बोकेर सडकमा निस्किनु पर्ने बताए । अध्यक्ष खड्काका अनुसार भोलिका कार्यक्रम सामाखुसीबाट दिनको साढे १२ बजेबाट सुरु भएर नारायणहिटीतर्फ अगाडि बढ्ने छ । नारायणहिटीमा रहेको श्रीपेच झिकेर ज्ञानेन्द्रलाई पहिर्याउनेसम्म आफूहरुको आन्दोलनको लक्ष्य रहेको उनले सुनाए ।

‘गणतन्त्रको दाहासंस्कार नेपाली जनताले गर्ने हो । हामी नेपालीहरुलाई दीर्घकालीन चाहिएकाले राजसंस्थाको पुनर्वहाली आवश्यक छ । जनताले यो गणतन्त्र जरैदेखि उखेलेर फाल्नुपर्छ । भोलि चैत ९ गते हामी सामाखुसीमा साढे १२ बजे भेला हुन्छौं । त्यहाँबाट विशाल जन सहभागिता जनाउँदै हामी नारायणहिटी आउने छौं । हामी नारायणहिटी केन्द्रीत आन्दोलन किन गरिरहेका छौं भने त्यो श्रीपेच नारायणहिटी दरबारमा छ । जनताको नासो श्रीपेच लिने र श्री ५ ज्ञानेन्द्र सरकारलाई पहिराएर ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्ने, गद्दि आरोहण गर्ने हाम्रो कार्य भएको कारणले सबै जनता शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन म अनुरोध गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्