Logo

कानुन व्यवसायीको हक, हित र न्याय प्रणाली सुधारका लागि रमण श्रेष्ठ नेतृत्वको टिमले मात्रै मुकाबिला गर्न सक्छः रामनारायण बिडारी



काठमाडौं, ८ चैत । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले कानुन व्यवसायीहरुको हक, हित र न्याय प्रणाली सुधारका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ नेतृत्वको टिमलाई नेपाल बार एशोसिएशनको निर्वाचनमा जिताउन आवश्यक रहेको बताएका छन् । व्यवसायिक कानुन व्यवसायी समूहले पर्सा जिल्ला अदालत बारमा आयोजना गरेको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन व्यवसायीको हकहित र जहिले पनि सरकारसँग मुकाबिला गर्नका लागि यो टिमलाई जिताउन आवश्यक रहेको बताएका हुन् । उनले वरिष्ठ अधिवक्ता श्रेष्ठ नेतृत्वको टिमले सरकारसँग कुनै पनि प्रकारको सौदाबाजी गर्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।

‘रमणकुमार श्रेष्ठ निर्भिक, निडरm, जुझारु मान्छे हो, व्यवसायिक मान्छे हो । उहाँको टिमको महासचिव र उपाध्यक्षका उम्मेदवारहरु पनि त्यस्तै जुझारु । त्यस प्रकारका मान्छे छानीछानी ल्याउन सफल हुनुभयो । यसमा कुनै पनि राजनीतिक दलले मान्छे छानिदिएको होईन भन्ने कुरा म तपाईँहरुलाई अनुरोध गर्न चाहन्छु । राजनीतिक दलले छानेका मान्छे होइनन् । यी पेशागत रुपमा नेपाल बार एशोसिएशनलाई प्रभावकारी ढंगबाट अगाडि बढाएर मुलुकको न्याय प्रणाली, न्याय पद्धतिलाई सुधार गर्नका निम्ति, पेशागत हित र कल्याणको लागि यो टिम बलियो छ । राजनीतिक दलको प्रभावमा पर्न सक्दैन र सरकारले यसलाई डोमिनेट गर्न सक्दैन । सरकारसँग यो जहिले पनि मुकाविला गर्न सक्छ । सत्तासँग यो टिमले कुनै सौदाबाजी गर्दैन । त्यसो भएको हुनाले यो टिम राम्रो छ,’– उनले भने ।

नेपाल बारको केन्द्रीय पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । वरिष्ठ अधिवक्ता श्रेष्ठले व्यवसायिक कानुन व्यवसायी समूहबाट अध्यक्ष पदको उम्मेदवार रहेका छन् । सो समूहको महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार रहेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्